त्रिवि सेवा आयोग अगाडि रातभर परिक्षार्थी धर्नामा

 अर्थ बुलेटिन   १८ फागुन, २०७८



काठमाडौं । उप–प्राध्यापक परिक्षाको प्रश्नपत्र वाहिरीएको भन्दै परिक्षाको मोडालिटि र प्रश्नपत्र परिबर्तनको माग गर्दै परिक्षार्थीहरु आज (बुधवार) देखि रातभर सेवा आयोगको कार्यालय अगाडि धर्नामा वसेका छन् । 

दिनभर विविध संघर्षको कार्यक्रम गर्दै आएका उनिहरु आजदेखि २४ घण्टे धर्ना कार्यक्रम आरम्भ गर्दै रातिमा पनि सेवा आयोग अगाडि धर्ना बसेको आन्दोलनरत परिक्षार्थीहरु वताउछन् । 

फागुण २२ गतेवाट आरम्भ हुने भनिएको उप–प्राध्यापकको परिक्षाको मिति नजिकिदै गर्दा रातको समयमा त्रिविले परिक्षाका गतिविधिहरु गर्न सक्ने भन्दै सेवा आयोग अगाडि धर्नामा बसेको आन्दोलनरत परिक्षार्थी बावुराम राईले बताउनुभयो । 

उहाँले भन्नुभयो “उप–प्राध्यापकको परिक्षाको प्रश्नपत्र परिक्षा पहिलानै वाहिरीएकोले तत्काल परिक्षा स्थगन गरी परिक्षाको मोडालिटि र प्रश्नपत्र परिबर्तन नगर्दासम्म आन्दोलन निरन्तर जारी रहने छ ।”



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation