वार्तावाट भाग्दै त्रिवि, परिक्षार्थी अन्यौलमात्रिविको वेथिति सुधार हाम्रो प्रयास होः आन्दोलनरत परिक्षार्थी

 अर्थ बुलेटिन   १९ फागुन, २०७८



काठमाडौं । उप–प्राध्यापकको परिक्षाको मिति नजिकिदै गर्दा पनि आन्दोलनरत परिक्षार्थीहरु र त्रिविका बिचमा सवांद हिनताको अवस्था जारी रहेको छ । 

परिक्षार्थीहरुसंग छलफल एवं वार्ता गर्नुको साटो त्रिवि एवं सेवा आयोगका जिम्मेवार पदाधिकारीहरु सम्पर्क विहिन रहेको परिक्षार्थीहरुले आरोप लगाएका छन् । 

परिक्षा पहिलानै प्रश्न पत्र बाहिरीएको भन्दै यहि फागुण २२ गतेवाट आरम्भ हुने भनिएको परिक्षा तत्काल स्थगन गरी नयाँ मोडालिटी र नयाँ प्रश्न पत्र तयार पारेर मात्रै परिक्षा लिनुपर्ने उनिहरुको माग रहेको छ ।

वार्ताको माध्यमवाट समस्याको समाधानमा लाग्नुको साटो त्रिविका जिम्मेवार पदाधिकारीहरु सम्पर्कमा समेत नआइकन वार्तावाट भाग्दा परिक्षार्थीहरु अन्यौलमा परेको उनिहरुले गुनासो गरेका छन् । 

बुधवारदेखि त्रिवि सेवा आयोग अगाडि २४ घण्टे धर्नामा बसेका परिक्षार्थीहरु रात–दिन, तातो–चिसो नभनी निरन्तर धर्नामा बस्दा समेत जिम्मेवार त्रिवि मुकदर्शक बन्नु उसको गैर जिम्मेवारीको पराकाष्ट भएको धर्नामा बसेका एक परिक्षार्थीले बताए ।

उनि भन्छन्, “त्रिविको परिक्षा सेटिङमा हुने गरेको, आफ्ना मानिसहरुलाई पहिलानै प्रश्न पत्र वाहिरयाएर तयारी गराउने गरेको, परिक्षा देखावटी दाँत मात्रै रहेको छ । त्यसैले हामी त्रिवि भित्रको वेथितिलाई सुधार गराउन यो दवावमा लागेका छौ । २२ गतेवाटको परिक्षा स्थगत गरेर नयाँ मोडाडिटी र नयाँ प्रश्नपत्रमा परिक्षा गराउने वातावरण नबन्दासम्म आन्दोलन जारी रहने उनले बताए ।” उनि थप भन्छन्, “त्रिविले तत्काल हाम्रो मागलाई सम्वोधन नगरे यसले भोलि निम्त्याउन सक्ने जुनसुकै विषम परिस्थितिको जिम्मेवारी त्रिविले लिनुपर्नेछ । शान्तिपूर्ण हाम्रो आन्दोलनलाई कमजोरी ठान्ने तथा परिक्षार्थीलाई पेलेर जान खोज्ने कार्य गर्यो भने हामी जुनुसुकै खालका आक्रमक कार्यक्रम संचालन गर्न वाध्य हुनेछौ ।”

एकै परिक्षार्थीले परिक्षा दिने फरक फरक विषयका परिक्षाको मिति र समय जुधेको, प्रवेश पत्र प्रिन्टमा समस्या आएको लगायतका विविध समस्या एवं परिक्षासंग सम्वन्धित अन्य दुविधाहरुको वारेमा जानकारी लिन आउँदा सेवा आयोगवाट कुनै पनि जानकारी पाउन नसकिएको, आयोगका पदाधिकारीहरु भेट्न नसकिएको, प्रष्ट पाठ्यक्रम सार्बजनिक नगरिएको सेवा आयोग अगाडि भेटिएका भेटनरी विषयका एक परिक्षार्थीले बताए । साथै, उनले यस्तो असहज अबस्थामा परिक्षा दिन सक्ने वातावरण नभएको भन्दै परिक्षाको मिति सार्न त्रिविसंग आग्रह गरेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation