तालिका परिमार्जन भएको उप–प्राध्यापकको परिक्षा अझै अन्यौलमासेवा आयागको तालवन्दि कायमै

 अर्थ बुलेटिन   २२ फागुन, २०७८



काठमाडौं । सेवा आयोगको कार्यालयमा लागेको तालाका कारण आन्तरिक व्यवस्थापनमा कठिनाई भएकाले परिक्षाको तालिका परिमार्जन गरेको बताएको त्रिविले समस्या सामाधानका लागि कुनै पनि पहल अगाडि नबढाउदा परिक्षा अझै अन्यौलमा नै देखिएको  । 

आइतवार (फागुण २२ गते) देखि उप–प्राध्यापकको परिक्षा संचालनको तयारीमा रहेको त्रिविले एकाएक २१ गते सार्बजनिक सूचना निकाल्दै चैत्र ७ गतेसम्मका परिक्षाहरुको तालिका परिमार्जन गरेको थियो । चैत्र ८ गते उतका सबै परिक्षा निर्धारित तालिका अनुसारनै संचालन गर्ने योजना बनाएको त्रिविले परिक्षा तालिका परिमार्जनको सार्बजनिक सूचना निकालेको २४ घण्टा वित्दासम्म पनि कुनै औपचारिक कदम अगाडि नबढाएको आन्दोलनरत परिक्षार्थी संघर्ष समितिका संयोजक राजेन्द्र आचार्यले बताउनु भयो । 

आचार्यले भन्नुभयो “गोप्य शाखावाट संचालन गर्नुपर्ने परिक्षासंग सम्बन्धित कार्यहरु सो शाखाभन्दा बाहिरवाट संचालन गर्दा परिक्षा बैध हुदैन । त्यसैले, सेवा आयोगको गोप्य शाखामा तालावन्दि कायमै रहदाँसम्म परिक्षा संचालन गर्न सम्भव छैन । परिक्षार्थीको माग पुरा गर्ने वारेमा त्रिवि कत्तिपनि उदार र लचिलो देखिएको छैन । तसर्थ, त्रिविले माग पूरा नगर्दासम्म हाम्रो तालाबन्दिको कार्य र २४ घण्टे अनशन निरन्तर जारी रहने छ । पाठयक्रम परिमार्जन नहुदाँसम्म हामि परिक्षासंग सम्वन्धित कुनैपनि गतिविधि हुन दिनेछैनौ । परिक्षालाई हतियार बनाएर आफ्नालाई प्रश्नपत्र पहिलानै वाढेर गर्ने गरिएको बेथितिवाट त्रिविलाई जोगाउने हाम्रो उदेश्य हो । हामि त्रिविको वेथिति रोकेरै छाड्छौ । साथै, हामि वार्ताका लागि हर क्षण तयार रहेको जानकारी गराउदछौ ।”

उप–प्राध्यापकको परिक्षा अगाबै प्रश्नपत्र बाहिरिएको भन्दै पाठयक्रम परिमार्जन गरेर मात्रै परिक्षा संचालन गर्नुपर्ने माग सहित परिक्षार्थीहरुले माघ २३ गतेदेखि सेवा आयोगको गोप्य शाखा सहित मुल गेटमानै ताला लगाएका छन् । 

सेवा आयोगमा तालै ताला

यसैबिच, “समान कामको, समान ज्याला” को माग गर्दै त्रिविका आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुले पनि भिसि, रेक्टर, रजिष्टार, डिन, सेवा आयोगको कार्यालय, देशैभरका क्याम्पस प्रमुखको कार्यकक्षा र लेखा शाखा लगायतका कार्यालयहरुमा तालावन्दि गरेका छन् । 

उनिहरुले पनि आफ्नो माग पुरा नहुँदा सम्म त्रिविका कुनैपनि कार्यालयका तालाहरु नखोलिने र उप–प्राध्यापकको परिक्षा संचालनमा अबरोध सृजना गर्ने जनाएका छन् । 

यि माथिका सबै घटनाक्रम र अवस्थाहरुलाई हेर्दा त्रिविले तत्कालै कुनै ठोस कदम नचाल्ने हो भने चैत्र ८ गतेवाट नियमित संचालन गर्ने भनेको उप–प्राध्यापकको परिक्षा संचालन हुन सक्ने अवस्था अझै अन्यौलमा नै देखिन्छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation