त्रिवि सेवा आयोग परिसरमा जे देखियो... (१० फोटो)गुरुलाई नमन होइन, शोषण र दमनको वाटोमा राज्य

 अर्थ बुलेटिन   २२ फागुन, २०७८



काठमाडौं । विगत डेढ दशकदेखि लाखौ विद्वान उत्पादन गर्ने, शिक्षा वाढ्ने शिक्षक आज आफ्नो अधिकारका लागि लडाई लडिरहेको छ भन्ने विषय वास्तवमानै लज्जास्पद कुरा हो । 
तर, हामिकहाँ जे नहुनुपर्ने हो त्यो नै भईरहेको छ । देशको जेठो शैक्षिक संस्था त्रिभूवन विश्वविद्यालय परिसर भित्र रहेको त्रिवि सेवा आयोगको मुल गेट अगाडि २ वटा समूह शान्तिपूर्ण धर्नामा छन् । 

एउटा हो, ‘समान कामको, समान ज्याला’ का लागि डेढ दशक देखि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको आंशिक प्राध्यापकहरु र अर्को हो, त्रिविको वेथितिपूर्ण सेवा आयोगको परिक्षालाई मर्यादित बनाउ भनेर माग गर्ने उप–प्राध्यापक पदको लागि आवेदन दिएका प्रशिक्षार्थीहरु । 

त्रिवि परिसर भित्र जे देखियो...

तपाई आज त्रिभूवन विश्वविद्यालयभित्र जादै हुनुहुन्छ भने कतै द्वन्दरत रुस र क्रोएशियाको सिमा भित्र छिर्न लागेको त छैन भन्ने आभास हुन सक्ला । किनभने, त्रिविको प्रवेशद्वार देखि सेवा आयोग वरपरसम्मको स्थान सुरक्षा निकायले भरिएको छ । 

अधिकारको माग गरेका र त्रिवि सुधार्नुपर्छ भन्नेहरुले सायद ठूलै अपराध गरेको अनुभूति राज्यले गरेको छ र यिनिहरुलाई दमन गर्नुपर्छ भन्ने निष्कर्षमा राज्य पुगेको छ । त्यसैले, बन्दोवस्तिका सामान सहित सुरक्षा निकायका दर्जनौ सवारी, सयौंको संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ ।

सेवा गर्ने, ज्ञान वाढ्ने, प्राज्ञीक व्यक्ति उत्पादन गर्ने यस्ता गुरुहरुलाई नमन होइन आज राज्य, शोषण र दमनमा उत्रेको आभाष त्यहाँ पुग्दा हुने गरेको छ ।

२०७८ फागुण २२ गते मध्यान्हको समयमा सेवा आयोग वरपर देखिएको आन्दोलनरत शिक्षक र प्रशिक्षार्थी एंव सुरक्षाकर्मीको १० तस्वीरहरुः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation