सेवा आयोगको ताला खुल्यो, बाँकी अझै अन्यौलमाआंशिक शिक्षक भन्छन्, ‘हाम्रो आन्दोलन जारी छ’

 अर्थ बुलेटिन   २६ फागुन, २०७८



काठमाडौं । गत माघ २३ गतेदेखि लागेको त्रिवि सेवा आयोगको ताला खोल्न आन्दोलनरत प्रशिक्षार्थी र सेवा आयोग सहमत भएका छन् । 

मंगलवार र बुधवार भएको दुइपक्षको वार्ता पछि, स्वतन्त्र विशेषज्ञको टोली गठन गरी पाठ्यक्रम परिमार्जन गर्न, प्रश्नपत्र परिबर्तन गर्न, परिक्षा स्थानीय तहको निर्वाचनपछि मात्रै संचालन गर्न त्रिवि सहमत भए पश्चात सेवा आयोगको ताला खोल्ने सहमति भएको उप–प्राध्यापक परिक्षार्थी संघर्ष समितिका संयोजक राजेन्द्र आचार्यले बताउनुभयो । 

आचार्यले थप भन्नुभयो, “वुधवार दुबै पक्षका जिम्मेवार पदाधिकारीहरु बसेर भएको सहमति कार्यन्वयनमा त्रिव निकै सम्वेदनशिल छ । विहिवार देखिनै यसको कार्यन्वयन आरम्भ हुनेछ । त्रिविले विगतमा पनि धेरै सम्झौता गर्ने र त्यसको कार्यन्वयन नगर्ने गरेको परिवेशमा यस पटक हामि धेरै नै सचेत छौ । विगतको जस्तो अवस्था दोहोरिने छैन । यदि कार्यन्वयन नहुने अबस्था आएमा त्रिविले ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ ।” 

विहिवार त्रिवि प्राङगणमा एक विशेष कार्यक्रमको आयोजना गरी ताला खोलिने उनले जनाए । 

अन्य कार्यालयको तालाबन्दि अझै अनिर्णितः

यसैविच, त्रिविको भिसि, रेक्टर, रजिष्टर, डिन कार्यालयहरु तथा देशैभरका आंगिक क्याम्पसहरुको प्रशासन, लेखा र क्याम्पस प्रमुखको कार्यकक्षामा लगाईको ताला भने अझै यथावतनै रहेको छ । त्रिविका देशैभरको करिब २ हजार आंशिक शिक्षकहरुले ‘समान कामको, समान ज्याला’ को माग राख्दै लगाएको तालाको बारेका भने त्रिविले अझै कुनै औपचारिक सम्वोधन गरिनसकेको एक जना आंशिक शिक्षकले बताए । 

आंशिक शिक्षक संघर्ष समितिको नेतृत्वमा लगाईको ताला खोल्ने बारेमा भने त्रिविले अझै कुनै औपचारिक बार्ता गरेको छैन । उनि भन्छन्, ‘हाम्रो आन्दोलन अझै जारी छ । अब हाम्रो सबै शक्ति भिसी कार्यालयतर्फ केन्द्रित हुनेछ ।’ 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation