कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित)

 अर्थ बुलेटिन   ५ चैत, २०७८



काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रवार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । 

जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो । बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने बताए । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । 

परीक्षा कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै सञ्चालन हुने नियन्त्रक शर्माले बताए । भौतिक दूरीको पालना गर्र्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुनेछ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation