पद्मकन्याले शुरुगर्यो व्यवहारिक शिक्षाको नमुनाविद्यार्थीको आकर्षण केन्द्र बन्यो विपिएसजी कार्यक्रम

 अर्थ बुलेटिन   २१ चैत, २०७८



काठमाडौं । नेपाल सरकारको प्रशासन एवं सार्बजनिक सेवा प्रवेश तथा दैनिक कामकाजमा आवश्यक पर्ने विषय समेटिएको विपिसजी कार्यक्रममा विद्यार्थीको आकर्षण बढेको छ । 

नेपालको शिक्षा प्रणाली व्यवहारिक भएन भन्ने बहस चलिरहेका वेला काठमाडौंको वागवजारमा अवस्थित पद्मकन्या बहुमुखी क्याम्पसले व्याचलर इन पब्लिक सर्भिस एण्ड गभर्नेन्स (विपिएसजी) कार्यक्रम संचालन गरेको छ । 

यस कार्यक्रमले महिलाहरुलाई सार्बजनिक सेवा प्रवेशमा सहजता पुरयाउने, सेवा प्रवेश पश्चात दैनिक कामकाजमा सहजता पुरयाउने तथा महिलाहरुलाई सार्बजनिक सेवा प्रवेशमा प्रोत्साहन गर्ने भएकाले यस प्रति विद्यार्थीहरुको अकर्षण बढेको क्याम्पका सहायक प्रमुख एवं विपिएसजी कार्यक्रमका निर्देशक उप प्राध्यापक राजु मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, ‘सार्बजनिक सेवाको क्षेत्रमा महिलाको सहभागिता न्यून रहेकोमा आ.व. २०७६/०७७ वाट आरम्भ भएको यो कार्यक्रमले महिला सहभागिता बढाउन महत्वपूर्ण आधार तयार पार्नेछ ।’ 

त्रिभुवन विश्वविद्यालयबाट प्राज्ञिक स्वायत्तता प्राप्त गरी आफ्नो छुट्टै कार्यक्रमका रूपमा सञ्चालित विपिएसजी लोकसेवाबाट सञ्चालन हुने विभिन्न सेवामुखी पेसामा प्रवेश गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । नेपालमै पहिलोपटक नेपालकै पहिलो महिला क्याम्पसले सञ्चालन गरेको विपिएसजी कार्यक्रम लोकसेवाका विभिन्न परीक्षामा प्रवेश गर्न सहज हुने गरी तयार पारिएको नेपालकै एक मात्र कार्यक्रम हो ।

क्याम्पसले चालु शैक्षिक शत्रका नब आगन्तुक विद्यार्थीहरुलाई पोखरामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ भने विद्यार्थीहरुलाई ३ दिने अबलोकन भ्रमण समेत गराएको क्याम्पसले जनाएको छ ।

भ्रमणका क्रममा व्यास नगरपालिका पुगेका विद्यार्थीहरुलाई तनहुँका प्रमुख (मेयर) बैकुण्ठ न्यौपानेले आफ्नो न.पा.मा भएको विभिन्न योजना, गतिविधि र न.पा.को प्रशासनिक ढाँचा एवं संरचनाको वारेमा प्रष्टयाउनुभएको थियो । उहाँले विद्यार्थीहरुलाई सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको विपिएसजी कार्यक्रमका निर्देशक राजु मल्लले जानकारी दिनुभयो । 

अवलोकन भ्रमणका सहभागिहरु व्यास न.पा. तनहुँमा । 

यसैविच, पोखरामा आयोजना गरिएको स्वागत कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रशासनिक कामकाजमा सघाउने कार्यक्रम क्याम्पसले सञ्चालन गरेको आभार प्रकट गर्नुभयो ।

विश्वमा परिमार्जित भइरहेका कार्यक्रमहरुको अध्यापन हुनुपर्ने प्रा.डा. अर्यालले बताउनुभयो । व्यावहारिक रूपमा जीवन बुझ्नका लागि क्याम्पसले आयोजना गर्ने कार्यक्रमहरुबाट धेरै कुराहरु सिक्न सकिने उहाँले बताउनुभयो । पोखरा विश्वविद्यालयले पनि उद्यमी विकास गर्ने उद्देश्यसहित पाठ्यक्रम सञ्चालन गरिएको जानकारी दिदै उहाँले भन्नुभयो ‘अब गरी खाने शिक्षा दिनुपर्छ, गुणात्मक शिक्षाका लागि व्यावहारिक शिक्षा आवश्यक छ’ ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. धनप्रसाद पण्डितले शैक्षिक सत्र २०७६/७७ बाट सञ्चालन गरिएको यस कार्यक्रमले महिला सशक्तिकरणका साथै महिलालाई प्रशासनिक सेवा प्रवेशमा सहजताका निम्ति विशेष भूमिका निर्वाह खेल्नेमा आफुहरु विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पद्मकन्या इकाइ सभापति सहप्रा.डा. रामचन्द्र पोखरेलले कार्यक्रमले प्रशासनिक क्षेत्रमा योग्य महिला जनशक्ति उत्पादन गर्ने सन्दर्भमा विपिएसजी कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विपिएसजी कार्यक्रम सदस्य उपप्राध्यापक राजिन पनेरूले कार्यक्रमबाट सरकारी सेवाको प्रवेशद्वार मानिने लोकसेवा आयोगको तयारीका लागि विद्यार्थीहरुलाई सहयोग पुग्ने बताउनुभयो । यस कार्यक्रमलाई शैक्षिक रुपमा विकास गरी सञ्चालन भएपछि इन्स्च्यिुट जानुपर्ने कामलाई ‘ब्रेक आउट’ गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहप्राध्यापक डा. लोकनाथ दुलाल, उपप्राध्यापक डा. सुरेशराज आचार्य, सहप्राध्यापक महेशराज दाहाल र उपप्राध्यापक गोविन्द पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सोही कार्यक्रममा अध्ययनरत चौथो सत्रका छात्राहरूले गरेका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation