विद्युत् र पानीको समस्याले लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन

 अर्थ बुलेटिन   २३ सावन, २०७९



मुगु  । जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको  अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि  कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो ।

कोरिया सरकारले दिएको केही सामग्रीहरु प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन लगायतका सामग्रीहरु भने दक्ष जनशक्ति र विद्युत् पानीको अभावमा प्रयोगविहीन भएका छन् ।                                

जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘कोरिया सरकारले मुगुलाई ठूलो सहयोग गरेको छ । जिल्ला अस्पताल मुगुलाई सेवा सुविधा सम्पन्न भवन निमार्ण गर्नुका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने लाखौं मूल्यका उपकरणहरु हरुतान्तरण गरेको छ ।’

उनले थपे  ‘केही सामग्रीहरु प्रयोगमा आएका छन् भने एनलाईर मेसिन, निर्मलीकरण मेसिन, कपडा धुने मेसिनहरु भने दक्ष कर्मचारी नहुँदा सञ्चालनमा ठूलो समस्या भएको हो । अर्कोतर्फ पानी र विद्युुतको समस्याले गर्दा पनि प्रयोगमा आउन नसकेको हो ।

उक्त उपकरणहरुको सञ्चालनका लागि सरोकारवाला सबैसँग छलफल गरिएको बताइएको छ । अबको एक साताभित्र दक्ष व्यक्ति अर्थात् वायो मेडिकल इन्जिनियर आउने र सबै सामग्रीहरुको चेकजाँच गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

खड्क सुनार /न्युज कारखाना 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation