त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ

 अर्थ बुलेटिन   १३ भदौ, २०७९



काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्र्न रुलिङको माग गरेका थिए । उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् । 

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाए । 

समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation