पद्ममकन्या क्याम्पसमा दशैं–तिहार शुभकामनात्रिवि समस्या समाधानका लागि हरेक व्यक्ति जिम्मेवार हुनुपर्ने धारणा

 अर्थ बुलेटिन   ५ असोज, २०७९



काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठन पद्ममकन्या बहुमुखी क्याम्पस इकाईले विजय दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

विजय दशमी, दिपावली, छठ् पर्ब, तथा नेपाल संवत् ११४२ को अवसरमा क्याम्पस इकाइले बुधवार क्याम्पस प्राङगणमा प्राध्यापक तथा कर्मचारीहरुलाई सहभागि गराई शुभकामना आदान प्रदान कार्यक्रम संचालन गरेको इकाईका सभापति सहप्राध्यापक डा. फडिन्द्र निरौलाले जानकारी गराउनुभयो । 

शुभकामना कार्यक्रममा वोल्दै सभापति निरौलाले विश्वविद्यालयको समस्या समाधानका लागि हामी हरेक व्यक्ति जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले कोहि कसैलाई दोष लगाउने भन्दा पनि अब हामी सबैले आत्म समिक्षा गर्नुपर्ने र आ आफ्नो ठाउँवाट पहल कदमी गर्नुपर्ने बताउदै नजिकिदो चाडवाडले हामी सबैलाई समस्या समाधानको क्षमता प्रदान गरुन् भन्ने कामना गर्नुभयो । 

कार्यक्रममा वोल्दै क्याम्पसका निमित्त प्रमुख राजु मल्लले सबै संगठनहरु एकवद्ध भएर त्रिविको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । एकताले नै समस्या समाधान गर्ने बताउदै मल्लले नजिकिदै गरेको विजय दशमी, दिपावली, छठ, नेपाल संवत्को शुभकामना व्यक्त गर्नुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव सहप्राध्यापक डा. पदम खतिवडाले त्रिविको समस्या समाधानमा सबै संघ, संगठन मिलेर अघि बढ्नुपर्ने बताउदै त्रिविको समस्या समाधानको जिम्मेवारी अव तपाई हाम्रो काधँमा आएकाले अब लडाई र दोषारोपण भन्दा पनि हातेमालो गर्न सक्ने सामथ्र्य विजय दशमी, दिपावली, छठ, नेपाल संवत्ले प्रदान गरुन् भन्ने कामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका पूर्ब सभापति प्रा. चिरञ्जिवि शर्माले नजिकिदै गएको चाडपर्व सबैले हर्षोल्लासका साथ मनाउन सकियोस् । समग्र शैक्षिक जगतमा सकारात्मक सोच धारणाको विकास गर्न सक्ने क्षमताको विकास होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

त्रिवि प्राध्यापक संघ पद्ममकन्या क्याम्पस इकाईका सभापति डा. रामचन्द्र पोखरेलले विजय दशमी, दिपावली, छठ, नेपाल संवत्ले हामी सबैलाई आत्मियता, सद्भाव र भाइचाराको भावना विकास गराउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । परिबर्तन आफैवाटमात्र सम्भव छ । त्यसैले हाम्रा चाडवाडहरुले हामी सबैलाई सत्वुद्धि र सत्मार्गको पहिचान गर्न सक्ने क्षमता प्रदान गरुन् भन्ने कामना व्यक्त गर्नुभयो । 

प्रजातान्त्रिक प्राध्यापक संघ पद्ममकन्या क्याम्पस इकाईका सभापति खुम प्रसाद शर्माले प्राध्यापकहरु आफैमा पनि समस्या रहेको बताउदै हामीले हाम्रो क्षमता दक्षताको विकास गर्दै लग्नुपर्ने बताउदै त्रिविले लागू गरेको इ हाजिरको प्रणालि तत्काल फिर्ता गरी शिक्षकहरुको क्षमता विकास गराउने र इ लाइव्रेरीको व्यवस्था गर्नुको साटो इ हाजिरमा लागेको भन्दै विरोध जनाउनुभयो । अबका दिनमा यस्ता गलत प्रणालि भन्दा पनि नितान्त आवश्यक क्षेत्रको पहिचान गरी कार्यन्वयन गर्न सक्ने क्षमता त्रिविका पदाधिकारीहरुलाई देवी दुर्गा माताले प्रदान गरुन् भन्दै सबैलाई शुभकामना व्यक्त गर्नुभयो । 

प्रागिक परिषद्का केन्द्रिय अध्यक्ष उपप्राध्यापक निरज पन्तले नेपालको राष्ट्रिय गानले शव्द र संगितमा सबैलाई एकै मालामा उने जस्तै अब व्यवहारमा पनि हामी सबै एकै मालामा उनिनुसक्ने क्षमताको विकास हाम्रा नजिकिदै गरेका चाडवाडहरुले प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गर्नुभयो । 

राष्ट्रिय प्राध्यापक संगठन पद्ममकन्या क्याम्पस इकाईका सदस्य भिम रेग्मीले क्याम्पसहरु विधि र संगतले चल्न चलाउन सक्ने क्षमता दुर्गा माताले प्रदान गरुन् भन्दै सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन पद्ममकन्या क्याम्पस इकाई सभापति डा. फडिन्द्र राज निरौलाको अध्यक्षतामा सम्पन्न शुभकामना आदान कार्यक्रमको संचालन सूर्य प्रसाद पौडेलले गर्नुभएको थियो भने स्वागत इकाईका उपाध्यक्ष सुगम बज्राचार्यले स्वागत गर्नुभएको थियो । 

शुभकामना आदानप्रदान कार्यक्रममा सेवा आयोगका पूर्ब अध्यक्ष प्रा. चैतन्य शर्मा, संगठनका सल्लाहाकार प्रा.डा. रमेश भट्टराई, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्षहरु डा. रामकुमार राई, भोला ओझा र बलराम रायमाझी, नेपाल प्रगतिशील प्राध्यापक संगठनका उपमहासचिवहरु डा. सुमन खरेल र नरेन्द्र कोइराला, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तिय आयोजनाका विपिन राज निरौला, वागमती प्रदेश नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष कृष्ण ओझा, नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation