दैनिक कोरोना संक्रमणदर एक जनामा झर्यो

 अर्थ बुलेटिन   २० मंसिर, २०७९



काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जनाएको हो । 

यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ७९ जना संक्रिया संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा ८५ हजार आठ सय १२ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation