गरिमा विकास बैंकको १६औं साधारण सभा सम्पन्न

    २४ पौष, २०७९



काठमाडौं । गरिमा विकास बैंकले सोह्रौंवार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले आर्थिक बर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजी रु. ४,५९,०८,७३,५०१।८९ (अक्षरुपीः चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३.०० प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५।२५ (अक्षरुपीः उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस मात्र) र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि) रु. ६,८८,६३,१०२।५३ (अक्षरुपीः छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्नमात्र) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६,५६,७६,६५७।७८ (अक्षरुपीः छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांस प्रस्ताव पारित भएको छ । यस पश्चात, यस विकास बैंकको चुक्ता पुजीँ रु ५,१८,७६,८७,०५७.१४ (अक्षरुपीः पाँच अर्ब अठार करोड छयत्तर लाख सतासीहजार सन्ताउन्न रुपैया पैसा चौधमात्र) पुग्ने छ । 

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पुतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जाशाखा भएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation