‘अन्तर संकाय रनिङ्ग शिल्ड वास्केटबल प्रतियोगिता’ को उपाधि ‘विएस्सी’ लाईकलेज राष्ट्रिय स्तरको वास्केटबल टिम तयार पार्ने अभियानमा

 अर्थ बुलेटिन   २० माघ, २०७९



काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पस बागवजारमा सम्पन्न ‘अन्तर संकाय रनिङ्ग शिल्ड वास्केटबल प्रतियोगिता’ को उपाधि क्याम्पसको ‘विएस्सी’ संकायले जितेको छ । 

यहि माघ १८ गतेदेखि आरम्भ भई आज सम्पन्न क्याम्पसको आन्तरिक संकाय विचको प्रतियोगिताको उपविजेता ‘विसिए’ संकाय बनेको छ । प्रतियोगिताको तृतिय स्थान ‘विविएस’ संकायले जितेको छ । प्रतियोगिता शुक्रवार सकिएको हो । 

आज सम्पन्न प्रतियोगिताका विजेता, उपविजेता लगायतका समुहहरुलाई शिल्ड र प्रमाणपत्र वितरण गरिने क्याम्पसका विद्यार्थी कल्याण तथा खेलकुद शाखाकी प्रमुख उपमा आचार्यले बताउनुभयो । 

प्रतियोगिताको बारेमा अर्थ बुलेटिनसंग कुराकानी गर्दै क्याम्पस प्रमुख राजु मल्लले देशमा आयोजना हुने विभिन्न क्याम्पस स्तरका तथा क्लव स्तरका खेलहरुमा प्रतिसपर्धा गर्न सक्ने राष्ट्रिय स्तरको टिम तयार पार्ने उदेश्य राखि प्रतियोगिता संचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यसले भविश्यमा हुने विभिन्न प्रतियोगिताहरुमा कलेजका तर्फवाट खेल्ने राष्ट्रिय टिम तयार हुनेछ भने यस प्रकारको खेलकुद क्रियाकलापले विद्यार्थीका विचमा पारस्परीक सम्वन्ध, सद्भाव वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ 

प्रतियोगिताको वारेमा थप जानकारी दिदै सहायक क्याम्पस प्रमुख गोविन्द पुनले विद्यार्थीहरुमा प्रतिसपर्धात्मक भावनाको विकास गराई क्याम्पसस्तरका प्रतियोगिताहरुका लागि पद्मकन्याका तर्फवाट राष्ट्रिय स्तरको टिम तयार हुने बताउनुभयो । उहाँले थप भन्नुभयो ‘अतिरिक्त क्रियाकपाल अन्र्तगत खेलाइएको खेलहरुले विद्यार्थीको शारीरिक, मानसिक तथा सम्वेगात्मक विकासमा टेवा पुरयाउने छ ।’

प्रतियोगिताले विद्यार्थीहरुमा थप उत्पाह थपेको प्रशिक्षक अरुणा राणाले बताउनुभयो । राणाको नियमित प्रशिक्षणमा रहेका खेलाडिहरु क्याम्पस स्तरका विभिन्न प्रतियोगिताहरुमा सहभागि हुन पाउने भन्दै थप उत्साहित भएको उहाँले बताउनुभयो ।

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation