एकैदिनमा १०१ जना मानिसको बिमा गर्दै कीर्तिमान कायम राख्न सफल भए बोधदिप तिमल्सिना

 अर्थ बुलेटिन   ४ भदौ, २०८०



बारा । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१  बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन् । भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन् ।

सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आबद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए । नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई रहेको छ । केही बिमा संचालकका अनुसार यो परिणाममा भएको बिमा नेपालमा मात्र नभई विश्वमानै पहिले इतिहास हुन सक्ने अनुमान गरेका छन् ।

यता तिमल्सिना र उनका टिमले यो सफलतालाई गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराउनका निम्ति पहल सुरु गरेको बताइएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation