सूचना टाँसेर संसद बैठक स्थगित

 अर्थ बुलेटिन   ५ भदौ, २०८०



काठमाडौं । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो । गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation