हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

 अर्थ बुलेटिन   ५ भदौ, २०८०



काठमाडौ । हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएका छन् । जसमा हिलटन हाइड्रोको सभा भदौ २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, स्नो रिभर्स लिमिटेडको दोस्रो साधारण सभा भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा यस कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation