सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

 अर्थ बुलेटिन   ११ बैशाख, २०८२



काठमाडौ, बैशाख ११ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी २ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation