ओम अध्याय रिट्रिटमा एनआईसीका ग्राहकलाई छुट

 अर्थ बुलेटिन   १५ कार्तिक, २०८२



मकवानपुर, कार्तिक १३ । एन आई सी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट हुने भएको छ । 

रिसोर्ट र बैंकबीच हालै सम्पन्न सम्झौता अनुसार मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।  

ग्राहकले रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म छुट हुने, खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाको उपयोग गर्न एनआइसि एशिया बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा सोझै मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । रिसोर्टसँगको सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाँले बताउनुभयो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation