पोखरामा सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय खुल्यो

 अर्थ बुलेटिन संवाददाता   ११ पौष, २०७६



पोखरा । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय खोलेको छ ।  कम्पनीका अनुसार उक्त कार्यालयका समुुद्धघाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गरेका हुुन् ।  

सो समारोहमा अध्यक्ष चापागईंले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारीरुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षत्रीले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवाप्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । सो समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवम् व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation