सामुदायिक लघुुवित्तको छैठौं बार्षिक साधारण सभा सम्पन्न हकप्रद शेयरबारे यस्तो निर्णय

 अर्थ बुलेटिन संवाददाता   १३ पौष, २०७६



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकमा शुक्रवारका दिन छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाको सभाले आ.व. २०७५/७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि एक दशमलव ६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको दुुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation