एक हप्तामा कामना सेवा विकास बैंकका ६ नयाँ शाखा सञ्चालनमा

 अर्थ बुलेटिन संवाददाता   १४ पौष, २०७६



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नं.३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation