महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग

 अर्थ बुलेटिन संवाददाता   १४ पौष, २०७६



काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय, नक्साल, काठमाडौंलाई खेलकुद सामाग्रीहरु प्रदान गरेको छ ।

बैंकको दरबारमार्ग शाखाले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी, आइतबारनै बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित श्री खगेन्द नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो । उक्त कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरका विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्झौ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने अर्थ बुलेटिनसंग प्रतिबद्घता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation