कुमारी बैंकको २१औं शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा

 अर्थबुलेटिन संवाददाता   १५ पौष, २०७६



कास्की । कास्की जिल्लाबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११ छोम्रोंगमा नयाँ शाखा शुभारम्भ गरेको छ । 

तमु ल्होसारको अवसर पारेर पौष १५ गतेदेखि शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घघाटन गर्नुभयो । उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

बैंकले कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताउनु भएको छ ।

बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान POS Machine पनि जडान गरिसकेको छ । 

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation