नबौं वार्षिकोत्सवको अवसरमा सिभिल बैंकका विभिन्न कार्यक्रम सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   १५ पौष, २०७६



काठमाडौं । सिभिल बैंकले आफ्नो नबौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । सो कार्यक्रम अन्र्तगत बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल एक हजा तीन सय ५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । 

यसैगरी बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ भने लेखनाथ स्थित त्रिभुवनशान्ति नमुना माध्यमिक विद्यालयलाई पनि पाँच थान डस्टविन प्रदान गरेको छ ।

बैंकको चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टि विहिनहरुको सहयोगार्थ  १०० थान विशेस छडी प्रदान गरेको छ  ।

बैंकको ईलाम स्थित मांईजोगमाई शाखा मार्फत आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । यसैगरी बैंकको झापास्थित सुरुङ्गाशाखा मार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ ।

बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । यसैगरी बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation