राष्ट्र बैंकले तोक्यो नयाँ प्रवक्ता

 अर्थ बुलेटिन   १७ पौष, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला अवकास भएपछि नयाँ प्रवक्ता तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले पुस १६ गतेदेखि लागु हुने गरि डा. गुणाकर भट्टलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।

भट्ट राष्ट्र बैंकका कार्यकारी निर्देशक (बिशिष्ट श्रेणी) हुन । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट राष्ट्र बैंकको अनुसन्धान बिभागमा कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation