विभिन्न १० स्थानमा सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   १८ पौष, २०७६



काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा २०७६ पौष ११ देखि पौष १६ गतेसम्म देशका विभिन्न १० स्थानहरु विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।  यस कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation