पोखरा फाइनान्सको २३ औं वार्षिक साधारणसभा सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   १९ पौष, २०७६



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रति सेयर ७प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ७.२० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
 

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. ९१.७२ करोड पुगेको छ । सोही सभाले सर्वसाधारण सेयरधनी समुहबाट मेजर प्रेम बहादुर थापा, डा. दिपेन्द्र कुमार गौतम र कृष्ण बहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७६/७७ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत   रविचन्द्र गुरुङले बताए ।

पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यानदिदैं ग्राहक सेवालाई निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation