अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २१ पौष, २०७६



काठमाडौं । प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पौष १७, १८ र १९ गते टि. सी. एनमार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता    तालिम सम्पन्न भएको छ ।                                                                                                                                                                                                                               तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए । 

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारेका थिए । आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. काप्रदेश नं. ३ का प्रमुख बद्रीनाथ शर्माले गरेका थिए ।

साथै सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेका थिए ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation