काठमाडौंको गोंगबुमा ज्योति विकास बैंकको नयाँ शाखा

 अर्थ बुलेटिन संवाददाता   २२ पौष, २०७६



काठमाडौं । ज्योति विकास बैंकले सोमबार  काठमाडौंको  गोंगबुमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा गोंगबुमा सञ्चालनमा ल्याइएको छ । 

काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले गरेकी थिईन । कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारी, ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेको थियो ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाकी उपमेयर खड्गीले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिईन । साथै उपमेयर खड्गीले ज्योति विकास बैंकले आगामी दिनहरुमा देशभर शाखा सञ्जाल फैलाउँदै ७७ वटा जिल्लाका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताईन् ।  

कार्यक्रममा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमा झैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझै सरल र सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरे । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि खडा गरेको हाम्रो विकास प्रर्वघन कोष मार्फत समाज हितको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले बैंकिङ्ग सेवा मार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने कार्यमा ज्योति विकास बैंक लागिरहने जानकारी दिए ।

उद्घाटन समारोहमा बैंकका संचालकहरु, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो । हाल बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३२ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु.२७ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation