सन नेपाल लाइफको बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी अभियान सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २२ पौष, २०७६



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही पुुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमकाबिीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।

बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र किरिया खर्च रकम वापत एक कार्यक्रमकाविच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुुन् । 

साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश परेका थिए ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation