माछापुच्छ्रे बैंकद्वारा ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

 अर्थ बुलेटिन संवाददाता   २४ पौष, २०७६



काठमाडौं । आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरुलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले अन्र्तराष्ट्रिय स्तरको एसआईपी पिबिएक्स मा आधारित आईभिआर बैकिङ र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

गाह्रकले बैंकको बिभिन्न सामजिक संजालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा संम्र्पक स्थापित गर्न सक्नेछन् । बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ ।

ग्राहक महानुभावहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन । जसबाट ग्राहकहरुले बैंक संग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ । 

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको  बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

  बैकले पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओए मार्फत बाट ग्राहकमहानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation