फिदिममा नेपाल बंगलादेश बैंकको अभिमुखीकरण सम्बन्धी प्रशिक्षण

 अर्थ बुलेटिन संवाददाता   २४ पौष, २०७६



काठमाडौं । फिदिम ४ पाँचथर स्थित गढी माध्यमिक विद्यालयमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष ४ गते मैत्री समाज नेपालको सहायताले सो विद्यालयका ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको  १ हप्ताको प्रशिक्षण सम्पन्न गरेको छ ।

सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । उक्त प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्ग निदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो । 

प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले  प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation