काठमाडौंको रविभवनमा मेट लाइफको नया एजेन्सी कार्यालय विस्तार

 अर्थ बुलेटिन संवाददाता   २४ पौष, २०७६



काठमाडौं । मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रविभवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले पुग्ने भएको छ । यसरी भएको विस्तारले काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ ।

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation