राष्ट्रिय सहकारी महासंघमा अध्यक्ष कंडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल निर्विरोध

 अर्थ बुलेटिन संवाददाता   २४ पौष, २०७६



ललितपुर ।  राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै प्रदेश सञ्चालकतर्फ कर्णाली प्रदेशबाट टिका बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा ३ जनाको उमेदवारी परेको छ । रमेशप्रसाद पोखरेल, डिल्लीराम तिवारी र दक्ष पौडेलले उपाध्यक्षमा उमेदवारी दिनुभएको छ । लेखा समितिको संयोजकमा धर्मदत्त देवकोटा र रविन्द्र केसीले उमेदवारी दिएका छन् ।  २२ सदस्यीय सञ्चालक समिति मध्ये ३ जना निर्विरोध भए पनि अन्य पदमा ६ दर्जनको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस समर्थक सहकारीकर्मीहरुबीचको सहकार्यमा भएको प्यानल भन्दा बढी उमेदवार परेपछि उमेदवारी दिएकाहरुलाई नाम फिर्ता लिन दुवै दलले दवाव दिन थालेका छन् ।

  दुई पार्टीको भागवण्डा अनुसार नेकपा समर्थितहरुलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र लेखा समितिको संयोजक तथा एक जना सदस्य सहित १७ जना सञ्चालक, नेपाली कांग्रेस समर्थकलाई उपाध्यक्ष, ५ सञ्चालक र एक लेखा समिति सदस्य भागवण्डा गरेका छन् । नेकपालाई गरिएको भागवण्डामा पनि पूर्वनेकपा एमाले समर्थितलाई अध्यक्ष र उपाध्यक्ष तथा ९ सञ्चालक र एक लेखा सदस्य, पूर्व नेकपा माओवादी समर्थकलाई लेखा समितिको संयोजक, एक लेखा सदस्य र ५ सञ्चालक भागवण्डा गरेका छन् ।

नेकपा र नेपाली कांग्रेसका नेता तथा सहकारीकर्मीहरु यतिबेला आधिकारीक उमेदवारहरुलाई सघाउन र उमेदवारी फिर्ता लिनका लागि अन्य उमेदवारहरुलाई सम्झाउने, दवाव दिने काम गर्न थालेका छन् । भोलि बिहान ९ बजेसम्म उमेदवारी फिर्ताको समय रहेको निर्वाचन समितिका संयोजक रामचन्द्र सिंखडाले जनाए ।

महासंघमा नेकपा र नेपाली कांग्रेसका तर्फबाट आधिकारिक साझा उमेदवारहरु नामावली यस प्रकार रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation