जानकी फाईनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्नगाभ्ने/गाभिने तथा प्राप्ति गर्ने अख्तियारी सञ्चालक समितिलाई

 अर्थ बुलेटिन संवाददाता   २५ पौष, २०७६



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेड, जनकपुरधामको २३ औं बार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष रघुनाथ प्रसाद साहको सभापतित्वमा होटल मानकी इन्टरनेशनल प्रा.लि., जनकपुरधाममा सम्पन्न भएको छ । 

सभामा वित्तीय संस्थाका सञ्चालकहरु अमरनाथ गुप्ता, अशोक कुमार जालान, महाबीर कुमार सुल्तानिया, दिप नारायण साह, प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र पूर्वअध्यक्ष बजंरग प्रसाद साह, शिव शंकर प्रसाद साहको साथै संस्थापक शेयरधनीहरु र सर्वसाधारण शेयरधनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

वित्तीय संस्थाको २३ औं बार्षिक साधारण सभामा छलफलका तथा निर्णयको लागि आ.ब. २०७५/७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात तथा आ.ब. २०७५/७६ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, चुक्ता पूँजीको १.१६  प्रतिसत नगद लांभाश बोनस शेयर कर प्रयोजनको लागि, आ.ब. २०७६/७७ को हरहिसाव लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने, चुक्ता पूँजीको २२ प्रतिशत लांभाशको रुपमा बोनस शेयर दिने, वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने र जानकी फाइनान्स कम्पनी लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु पेश गरेकोमा सो प्रस्तावहरु ध्वनि मतले पारित भयो । 

साधारण सभामा शेयरधनीहरु पंकज कुमार ठाकुर,  गणेश झा, सरोज कुमार ठाकुर,  दिपेन्द्र कुमार मिश्र,गोपाल मोक्तान, कुलदीप चौधरी, बजंरग प्रसाद साह, दिनेश प्रसाद साह र युगल किशोर पंजियार ले आफनो धारणा  व्यक्त गरेका थिए ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation