एनएमबि बैंकको २४ औं बार्षिक साधारणसभा सम्पन्न३५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित

 अर्थ बुलेटिन संवाददाता   २५ पौष, २०७६



काठमाडौं । एनएमबि बैंकको लाभांस पारित भएको छ । बैंकको बिहिबार सम्पन्न भएको २४ औं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बार्षिक साधारण सभाद्वारा पारित भएको कुुल लाभांसमा २१ प्रतिसत बोनस सेयर  र बोनस सेयरमा लाग्ने कर सहित १४ प्रतिसत नगद लाभांस रहेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी तीन जना संस्थापकहरु निर्विरोध निर्वाचित गरेको छ ।

यसरी निर्वाचित हुुनेहरुमा  पवन कुमार गोल्यान, एफएमओको तर्फबाट निको पिल र कर्मचारी सञ्चय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले रहेकाछन् । गत असोज ११ गतेबाट ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकिकृत कारोवार सञ्चालन गरेको एनएमबीको चुक्ता पुंजी हाल ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार छ सय रुपैयाँ रहेको छ ।

गत आवको खुुद मुनाफा मध्येबाट २१ प्रतिसत बोनस सेयर बितरण गरे पश्चात बैंकको चुक्ता पुंजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रुपैयाँ पुुगेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation