प्रिमियर इन्स्योरेन्सका प्रमुुख कार्यकारी तिमिलाद्वारा पदवहाल

 अर्थ बुलेटिन संवाददाता   २७ पौष, २०७६



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको रिक्त रहेको कर्यकारी अधिकृत पदमा बीमा क्षेत्रमा करिब चार दशक देखि कार्यरत रहेका विश्व तिमिलाले यही पुुस २२ गतेदेखि पदवाहली गरेकाछन् ।

उनको नियुक्तिको लागि कम्पनिको सञ्चालक समितिले सिफारिस गरि स्वीकृतको लागि बीमा समिति पठाएकोमा बीमा समिति बाट यही पुुस १७ गतेबाट स्वीकृत प्रदान गरेको थियो । यस अघि उनले नेको ईन्सुरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसके पश्चात् केही समय सोही कम्पनीको संञ्चालक समेत रही जिम्मेवारी लिईसकेका छन् ।

वि.सं:२०३७ साल देखि ओरियन्टल ईन्स्योरेन्समा बजार अधिकृतका रुपमा क्यारियर शुरु गरेका तिमिला ले वि.सं: २०५३ मा नेको ईन्स्येरेन्समा बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरि मिति :२०७२/ ०३/०१ देखि मिति: २०७६/०२/३२ सम्म प्रमुख कार्यकारी अधिकुत पदको कार्यभार सम्हालेका हुन् ।  

बीमा समितिले जारी गरेको बीमा को संस्थागत सुशासन निर्देशिकाः २०७५ बमेजिम कुनै पनि बीमाको प्रमुख कार्यकारी अधिकृत उक्त बीमकको सेवा बाट निवृत भएको ६ महिनाको अवधि पुरा नभए सम्म अर्को बिमकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन नपाउने प्रावधान रहेको र निजको सो अवधि २०७६ मंसिर मसान्तमा पुरा भएको छ ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation