सेञ्चुरी बैंकद्वारा चित्रपुर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण

 अर्थ बुलेटिन संवाददाता   २७ पौष, २०७६



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विद्यार्थीहरुलाई  न्यानो कपडा वितरण गरेको छ । बैकले सुर्यबिनायकस्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको हो ।

उक्त न्यानो कपडा बैंककका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation