सातवटा सामुदायिक विद्यालयलाई बेष्ट फाइनान्सको सहयोग

 अर्थ बुलेटिन संवाददाता   २८ पौष, २०७६



काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले सातवटा सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं स्थित विभिन्न सात बटा सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुविच अन्तर माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।

सो अवसरमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले उत्कृष्ट हुने विद्यार्थीहरुलाई बधाइ दिदै लेखन कार्यमा विद्यार्थीहरुको सहभागिता प्रसंसनिय रहेको बताए । 

फाईनान्सले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको  तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ  । काठमाडौंको कमलादीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तरको फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation