

२९ बैशाख, २०८२ | 12 May, 2025
काठमाडौं । प्रभुु इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यको पदावधि थप भएको छ । कम्पनीका अनुसार प्रमुुख कार्यकारी बज्राचार्यको चार वर्षिय कार्यकाल यही पुुस २९ गते समाप्त भएकोमा यही माघ एक गते देखि नै कार्यान्वयनमा आउनेगरी आगामी चार बर्षको लागि पदावधि थप गरिएको हो ।
लामो समयदेखि प्रभुु इन्स्योन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुुवन विश्वबिद्यालयबाट एमबिए गरेकाछन् । बज्राचायसँग बिभिन्न क्षेत्रमा २५ बर्ष काम गरेको अनुुभव रहेको छ ।