सेण्टर फर माइक्रो फाइनान्स र नेपाल लघुवित्त बैंकर्स संघबीच सम्झौता सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   ५ माघ, २०७६



काठमाडौं । नेपालमा औपचारिक लघुवित्त सेवाका तीन दशकको यात्रामा धेरै परिवर्तन आएको छ । नागरिकमा वित्त लगायतका विभिन्न बिषयका सम्बन्धमा चेतनाको स्तरमा सकारातत्मक परिवर्तन, महिलाहरुको नेतृत्व बिकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा समेत परिवर्तन देखिएको छ ।

हाल देशमा चार थोक सेवा प्रदायक लघुवित्त संस्था सहित ९१ लघुवित्त बित्तीय संस्था, करिब दश बाणिज्य तथा विकास बैंकहरु, एक हजारको हाराहारीमा साना किशान सहकारी संस्था, करिब एक सय जति लघुवित्त सेवा प्रदायक सहकारी संस्थाहरुले करीव ५० लाख भन्दा बढी मूलत महिलाहरुमा सेवा पुराएको देखिन्छ । 

यी संस्थाहरुले प्रदान गरेको सेवाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको बिकास परिचालनमा  उल्लेख्य योेगदान भएको छ । तर यस सेवाको आर्थिक सामाजिक क्षेत्रमा के कति र कस्तो प्रभाव परेको छ भन्ने बारेमा हाल सम्म बृहद अध्ययन भएको छैन । 

अत यस स्थितिलाई दृष्टिगत गरी सेण्टर फर माइक्रोफाइनान्स नेपाल र नेपाल लघुवित्त बैंकर्स् संघ बीच नेपालको अर्थतन्त्रमा लघुवित्त स्रंस्थाहरुको सेवाबाट सदस्य तथा समूदायमा परेको आर्थिक सामाजिक प्रभाव सम्बन्धी अध्ययन गर्ने वारेमा सम्झौता सम्पन्न भएको छ । सम्झौतामा सेण्टर फर माइक्रो फाइनान्स नेपालबाट संस्थाका कार्यकारी अध्यक्ष डा. रेवत बहादुर कार्की र नेपाल लघुवित्त बैंकस् संघको तर्फबाट संघका अध्यक्ष  बसन्त लम्सालले हस्ताक्षर गरे ।

सन् २०२१ मा सेण्टर फर माइक्रोफाइनान्स नेपालले आयोजना गर्न लागेको पाँचौ राष्ट्रिय लघुवित्त सम्मेलनको संर्दभमा विशेष महत्व राख्ने साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रले समेत मान्य हुने किसिमले गर्न लागिएको प्रस्तुत अध्ययनले लघुवित्तको प्रभाव मुख्यत गरिवी निवारण, कृषि, सेवा र औद्योगिक उत्पादन, सामाजिक द्वन्द्व, आर्थिक सामाजिक परिचालनमा महिला नेतृत्व विकास, महिला बिरुद्ध हिंसा इत्यादि बिषयमा केन्द्रित हुनेछ ।

एक वर्षमा सम्पन्न गरिने उक्त अध्ययनले नेपालको लघुवित्त क्षेत्रको बिकासको लागि बिशेष मार्गदर्शन गर्ने संघ र सिएमएफले विश्वास लिएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation