महालक्ष्मी विकास बैंक र ईसेवा फोनपेबीच सहकार्य

 अर्थ बुलेटिन संवाददाता   ५ माघ, २०७६



काठमाडौं । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रालिबीच आज आईतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा उल्लेख भएबमोजिम ग्राहकहरुले ईसेवा फोन पे का एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्करुपमा मोवाइल बैंकिङ्ग सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुुन ।

बैंकले आगामीदिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने कुरा जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation