एनएमबि बैंकको धनगढी शाखा स्थानान्तरण

 अर्थ बुलेटिन संवाददाता   ६ माघ, २०७६



काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्वय  राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुुन् ।

सुुदुुर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहुुंच ¥याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो  प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रकाश पारे । 

एनएमबि बैंकका हाल देश भरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation