

१ जेठ, २०८२ | 14 May, 2025
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ६० जना ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।
गुणस्तरीय सेवाप्रदान गरी ग्राहकसन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्यका साथ महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई इमान्दारीताको कदर गर्दै बैंकले उक्त शुल्क फिर्ता गरेको जनाएको छ ।
बैंकले प्रदान गरेको सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित भएको पनि बैंकले विज्ञप्ती मार्फत जनाएको छ । आगामी दिनहरुमा समेत कर्जाको किस्ता÷ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बंैकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको छ ।