अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २१ माघ, २०७६



काठमाडौं ।  गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा  माघ १७, १८ र १९ गते लेकसाईड पोखरामा आधारभुुत निर्जिवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । 

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिएका  थिए । 

केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पारेका थिए । 

कम्पनीको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation