रुपन्देहीको होराइजन चोकमा कामना सेवाकोे नयाँ शाखा

 अर्थ बुलेटिन संवाददाता   २२ माघ, २०७६



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा यहीमाघ २१ गते आफ्नो ११८ औ शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ ।

होराइजन चोक शाखाको समुद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्तरुपमा गरेका हुुन् । 

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation