सनराइज बैंक र होटल अन्नपूर्णबीच सम्झौतामा हस्ताक्षर

 अर्थ बुलेटिन संवाददाता   २२ माघ, २०७६




काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूणसँग सम्झौता गरेको छ । 
सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने  सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लज्मा फुुड, बेभरेज र बेकरी आईटममा जस्ता सुविधाको भुक्तानी  गर्दा सन्राइज बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation