नेपालगञ्जका दुई स्थानमा सिद्धार्थ बैंकका दुई शाखाको औपचारिक उद्घाटन

 अर्थ बुलेटिन संवाददाता   २२ माघ, २०७६



काठमाडौं । सिद्धार्थ बैंकले मगंलबार बाँके अवस्थित न्यूरोड नेपालगञ्ज शाखा र बी. पी. चोक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।

बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्तरुपमा र बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक  मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियोे ।

बैंकले न्यूरोड नेपालगञ्ज शाखा २०७६ पौष १६ गते र बीपी चोक शाखा २०७६ भाद्र ९ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।  सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation