नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक

 अर्थ बुलेटिन संवाददाता   २३ माघ, २०७६



काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाका नयाँ  प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो ।

सरल र शीघ्र प्रशोधन सहित अधिकतम १० दशमलव पा को ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाण्डौं लगत्तै जनवरी ३१ २०२० प्रदेश नं ५ भैरहवा बाट सुभारम्भ गरिएको थियो ।

यसै क्रममा उक्त नयाँ एस. एम. ई कर्जा प्रदेश नं. १ को ईटहरीमा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा ईटहरी उद्योग वाणिज्य संघका अध्ययन  भिम बहादुर पौड्याले, तथा पत्रकार महासंगका जिल्ला अध्यक्ष अमर खड्काकोे उपस्थिती रहेको थियो ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल केशरी शाहले भने, ‘नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो । हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछौं ।

अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।’ साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युुके एड सक्षम एक्सीस टुु फाईनान्ससंग  सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो ।

यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निस्शुल्क कारोबार सूचना, निस्शुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निस्शुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको छ । 
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११२ शाखा १६० ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वाश लिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation