प्रगती माध्यामिक विद्यालयलाई लुम्बिनी विकास बैंकद्वारा कम्पयुटर प्रदान

 अर्थ बुलेटिन संवाददाता   २३ माघ, २०७६



काठमाडौ । लुम्बिनी विकास बैंकद्वारा प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर  हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतीनगर, स्थित प्रगती माध्यामिक विद्यालयलाई कम्पयुटर बिषय को ब्यबहारिक शिक्षाका लागि सहयोग स्वरुप बिहिबार पाँच थान कम्पयुटर हस्तान्तरण गरेको हो । 

उक्त कम्पयुटर बैँकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका  प्रधानाध्यापक  शिव कुमारी अर्याल लाई एक समारोहका बिच हस्तान्तरण गरको हुुन ।

त्यस अवसरमा बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्र बहादुर सरुको उपस्थिती रहेको थियो भने बिद्यालयको तर्फ बाट प्रमुख सल्लाहकार जित बहादुर मल्ल, ब्यबस्थापन समिति का सदस्य इन्द्र बहादुर राइ ,पुर्ब का.बा. अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार बिर बहादुर कुवर र शिक्षक तथा बिद्यार्थी हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएका विद्यालयहरुलाई विभिन्न किसिमले सक्दो सहयोग गर्दै जाने बैंकका मुख्य प्रबन्धक खनालले बताए । बैंकले मिति २०७६ साल पौष २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने निर्णय पारित गरेको थियो ।

उक्त बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ । बैंकले हाल ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना करिब २ लाख ५० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation